नमस्ते नेपाली डट कम यहाँलाई कस्तो लाग्छ ? कृपया, सल्लाहसुझाव र प्रतिक्रिया लेख्नु होला ..

Pages

बम्बैको वेश्यालयमा तेइस दिन


- चमिना भट्टराई
झापा आन्दोलनकी नेतृ गौरा प्रसाईंले राजनीतिक जीवनकै क्रममा १६ वर्षे उमेरमै बम्बैको वेश्यालयमा बिताइन् । राजनीतिक चातुर्य र छापामार शैलीबाट उनी त्यस नरकबाट त उम्किन् तर यस्ता घटना सुनाउदा उनकै नेताहरूसम्मले पत्याएनन् । सिपीको नक्खु जेल ब्रेक नेपालको राजनीतिक इतिहासमा चर्चित छ तर उनकै कार्यकर्ता रहेकी गौराको बम्बै कोठी ब्रेक जुन कम सनसनीपूर्ण छैन, तर कम चर्चा गरिन्छ । भर्खरै उनले लेखेको पुस्तक मेरा जीवनका पानामा उनको आरम्भिक जीवनका थुप्रै घटना छन् । यसपटक प्रस्तुत छ गौरासंगै सुनेर तयार पारिएको उनको वेश्यालय जीवनको रोमाञ्चक कथा ।

गौरा प्रसाईं अहिले चर्चामा छिन् । एमाले नेतृ भएर मात्र होइन । आफ्नो राजनीतिक जीवनमा महिला भएकै कारणले सामना गर्नुपरेका चुनौती र त्यतिबेलाका घटना सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ उनलाई । खास गरी आफू बेचिएर बम्बैको वेश्यालयमा बिताएका दिन सम्झँदा उनी अत्यधिक भावुक बन्छिन् ।

त्यतिबेला झापा क्रान्तिको भूमि भनेर चिनिन्थ्यो । झापाकै गौरा तेह्र वर्षकै उमेरमा राजनीतिमा होमिइन् र तत्कालीन अवस्थाको मागअनुरूप भूमिगत भइन् । भूमिगत अवस्थामै उनी साह्रै बिरामी परिन् । पार्टीले घर पठायो । वास्तवमा उनलाई राजनीतिमा लागे सबै कुरा पूरा हुन्छ भन्ने लागेको थियो । झापामा प्रहरी दमन ज्यादा थियो । क्रान्तिकारी गौरा प्रहरीको वारेन्ट सूचीमा नहुने कुरै भएन । प्रहरीले उनलाई भेटेको भए सुट गर्ने सम्भावना थियो ।

सामान्य परीवारमा जन्मिएकी गौरा अब भने जीवनरक्षाका लागि भारतको आसाम पुगिन् । उनी त्यहाँ पनि रम्न सकिनन् । उनका दाजुले भनेका थिए, ‘भूमिगत भएर काम गरेको मान्छे, यसरी किन हिँडेको ? बरु त्यहीँ गोली खाएर मर्नू नि !’

दुई वर्षपछि उनलाई लाग्यो, आफ्नै देश फर्केर केही गर्नु पर्छ । उनी नेपाल फर्किन् तर ती दुई वर्षमा मेचीमा धरै पानी बगिसकेको थियो । परिस्थिति बदलिएको थियो । उनले पार्टीको सम्पर्क खोजिन्, तर मिलेन । र, फेरी आसामतिरै फर्कने क्रममा उनी सिलगुडीमा दलालको फन्दामा परिन् । दलालले सिधै लगेर बम्बैको वेश्यालयमा बेचिदियो ।

यसरी कोठीमा आइपुग्नुपर्ला भन्ने कुनै पनि किशोरीले ठान्ने कुरै भएन, उनले पनि त्यस्तो कल्पना गरेकी थिइनन् । उनलाई आफु बेचियूँला भन्ने त झनै लागेको थिएन । तर, त्यस्तै क्षण व्यहोरनु पर्‍यो । गौराको उमेर मात्र सोह्र वर्षको थियो । जनतालाई दमनउत्पीडनबाट मुक्ति दिलाउँला भनेर लागेकी एउटी क्रान्तिकारी चेली अन्तत: वेश्यालयमा बेचिईन् ।

जीवनको मोडमा धेरै त होइन, गौराले तेइस दिन वेश्यालयमा बिताइन्, जुन उनको मानसपटलमा कुमालेको चक्रजस्तै फनफनी घुमिरहेको छ । कथा यस्तो छ :

रातको समय थियो । सिलिगुडीको रेलवे स्टेसनमा सबै आआफ्नै धुनमा थिए । थकाइ, भोक, र निद्राले लखतरान भएकी गौराको आँखा यसो लोलाएको के थियो एक हुल तिघ्रे आएर चलाउन खोजे । उनी चिच्याउन मात्र के थालेकी थिइन् एकजनाले मुखमा रुमालले थुनिदियो ।

‘नाकमा ह्वास्स केको गन्ध आएजस्तो हुँदै थियो, मेरा आँखा अधेरा हुँदै गए,’ गौरा भन्छिन्, ‘अर्को दिनको बाह्र बजे मेरो आँखामा उज्यालोको किरण फैलँदै गर्दा थाहा पाएँ, म त बेचिइसकेकी रहेछु ।’

‘जिउ भारी र शिथिल थियो, टाउको उठाउन नसक्ने गरी दुखेको थियो । त्यहीँ बेचिएकी अर्की एक युवतीबाट म कहाँ छु भन्ने थाहा भयो । अनि मेरो अगाडिका सबै चिज रोटेपिङ जस्तै घुमे, धर्ती भासिएजस्तै भयो । ओहो, जीवन त सकिएछ भन्ने लाग्यो,’ आफू बेचिएको शब्द कानमा पर्नासाथको गौराको अनुभूति ।

राजनीतिक चेतनाका कारण केही बुझेकाले उनलाई आफू सम्हालिन सजिलो भयो । सोचिन्, नबेचिनु बेचिएँ अब कि जीवनलाई समाप्त पार्नु पर्छ कि त यहाँबाट उम्कने बाटो खोज्नुपर्छ । गौराले स्मरण गरिन्, ‘पहिलो रात नै बाई म भएको ठाउँमा आई । आहा कत्ति राम्री, कति सुन्दर भनेर मलाई फुल्याउन थालेपछि मैले पनि भनेँ, अहिले म बिरामी छु, केही दिन आराम गर्न दिनुभयो भने तपार्इंलाई मालामाल बनाइदिन्छु । उसले मेरो कुरामा विश्वास गरी र हुन्छ आराम गर भनी । आफूलाई सहज बनाउन त्यो समयमा म नुहाउने र एक्सरसाइज गर्थें । कसरी बाहिर निस्कन सकिन्छ भनेर कोठाको अवस्था पनि हेर्थें । त्यहाँ रहेका पाले, भान्से, कुकुर सबैका बारेमा जानकारी लिएँ मैले ।’

बेचिएको चौथो दिन बाईले गौरालाई दिन भनिछ, ‘अब मन्दिरमा पुजारीहरू आउँछन्, तिनलाई चित्त बुझाउने काम तिम्रै हो ।’ गौरा भन्छिन्– मलाई लाग्यो आजको रातदेखि मैले बलिचढ्नु पर्ने भयो, त्यो रात ती कोठीमा रहेका अरू महिलाले जस्तै भोगाइ मैले पनि भोगेँ, मेरो अस्मिता लुटियो । ममा झन ज्वालामुखि फुटेजस्तो भयो के गर्ने भनेर । सम्झँदा अहिले पनि अचम्म लाग्छ, खै के गरी हो भन्न सक्तिनँ, मैले आफ्नो जिब्रो टोकेर मुखभरि रगत राखेँ । बिहान बाई उठाउन आई । उसका अगाडि मुखको रगत थुकिदिएँ । उसले के भयो भनेर सोधी । ‘म बिरामी छु भनेर मैले भनेको होइन ?’ मैले यति भनेपछि उसले विश्वास गरी । आराम गर भनेर औषधि पठाई, मैले त्यो औषधि खाइनँ । फेरि केही दिन म ग्राहकबाट लुटिनबाट जोगिएँ ।

कोठीमा बस्दा गौराले दुई जनालाई सधैँ सम्झिरहिन्– आफ्ना राजनीतिक गुरु सहिद नेत्र घिमिरे र आफ्ना बुबा लक्ष्मीनारायण प्रसाईंलाई । बुबाले सधैं भन्नुहुन्थ्यो, अप्ठ्यारो पर्दा अधीर भएर शक्तिलाई क्षय नगर्नू, सधैं दृढ भएर काली दुर्गाको नाम जपेर अगाडि बढ्नू है छोरी ! हुन पनि उनले निर्धक्क भएर मरे मरौँला, बाँचे जीवनलाई नयाँ ढंगले चलाउँला भनेर परिस्थितिको सामना गरिरहिन् । कोठीमा रहँदा नेत्रले राजनीति सिकाउँदा सम्झाएको आँट र हिम्मतलाई उनले उपयोग गरिन् ।

गौराले कोठीमा अरूले जस्तो शरीर सुम्पेर बसिनन् बरु बाईलाई खुशी पार्न अरू काम गरिन् । यसमध्ये थियो, अन्य युवतीलाई नाँच सिकाउने र गीत गाउने काम पनि । यसले गर्दा बाई उनीसँग धैरै खुसी थिइन् र भविष्यमा उनीबाट लाभ लिनसक्ने आशमा पनि थिइन् ।

गौराले कति ग्राहकलाई त दाजुभाइ भनेर सम्झाई बुझाई पठाउँथिन् । तर सबै उनको भनाइ कहाँ मान्थे र ? भन्छिन्, ‘के कुरा गर्नु कोही त राक्षसै हुने, मान्छे नै होइनन्जस्ता । अहिले पनि मनमा असीम घृणा छन् ।’

गौराले कोठीमा ग्राहक मात्र होइन, एउटा देउता पनि भेटिन् । ‘म बेचिएको बाह्रौं दिनमा एउटा ग्राहक आयो, मैले ओडेको च्यादर अलि मिलाई दियो, मैले भनेँ– ‘तपार्इं पनि मलाई लुट्नै आएको त होला नि !’ तर उसले आँखाबाट आँसु झार्‍यो । मैले यो मान्छे राम्रो छजस्तो लागेर भनेँ– ‘दाइ मलाई याहाँबाट निकाल्नू ।’ उसले भन्यो– ‘म कसैको इज्जत लुट्न आएको होइन, म बदला लिन आएको हुँ । मेरी बहिनी पनि यही कोठीमा मरी । उसले कसैले चेक गर्न आउँदा तिमीलाई हातपात गरेजस्तो गर्छु, तिमीले प्रतिकार गर्नु भनेर सम्झायो । उसैको सहयोगमा मैले त्यहाँबाट निस्कने योजना बनाएँ ।’

गौरालाई आजको दिन दिने ती दाजु भारतीय सेनाका जवान जोसन बिकलाई फेरि त भेटिनन् तर उनलाई सधैं याद आइरहन्छ उसको । बिकले गौरालाई भनेका थिए– ‘निस्कन सक्यौ भने त भइहाल्यो, सकिनौ र उनीहरूले फेला पारे भने यहाँ मारिन पनि सक्छ्यौ ।’ गौराले सके निस्कने नसके मर्ने कुराको निधो गरेर अगाडि बढिन् । जोसन गौराका नियमित ग्राहक बनेपछि गौरा लुटिनबाट बचिन् । उनी आउने अनि गफ गरेर जान लागे । सबै दु:खसुख आदानप्रदान हुन थाल्यो ।

गौरा मात्र होइन, त्यहाँ उनीजस्ता धैरै महिला थिए । चलाख भएर उनले अरूले जति पीडा त व्यहोर्नु परेन तर सबैको पीडा नजिकबाट भने हेरिन् । सानासाना बालबालिकामाथि भएको जबर्जस्ती, चिरैचिरा भएका छाती, जिउँभरि नग्राको दाग, भुत्ल्याइएका कपाल, उनीहरूको चिच्चाहट, ग्राहकले लुछेको, टोकेको, बाईले चुरोटले पोलेका घाउ सबै उनले नजिकबाट हेरिन् ।

गौराका मनमा भने भाग्ने बाटो खोज्नु थियो । आवश्यक सामानको जोहो गरिन् उनले । मान्नेजतिलाई सम्झाएर आफ्नो बनाइन् । कतिलाई तिनै जोसन दाजुले दिएको पैसाले पनि किनिन् । सबै वातावरण अनुकूल भएपछि उनी त्यहाँबाट भाग्न सफल भइन् ।

कोठीबाट भाग्ने बेलाको मुख्य तगारो थियो पाले । छेक्न खोज्ने पालेलाई फिल्मी छापामार शैलीमा भनिन्– ‘हेर भाइ, म त नक्सली हुँ, तेरो परिवार एकएकलाई चिन्छु, तैंले छेक्न खोजिस् भने म ती सबैलाई सिध्याइदिन्छु ।’

ऊ डरायो । गेट खोल्यो । त्यसै गेटबाट गौरा नर्क छाडेर उम्किइन् । र, अब नेपालमा उनको संघर्षको अर्को चरण सुरु भयो । राष्ट्रियसभा सदस्यका रूपमा भारत जाँदा उनलाई आफूले नारकीय जीवन बिताएको ठाउँतिर फर्केर हेर्न पनि मन लागेन ।

‘गर्न केही सकिने होइन, खाटा बसेको घाउ कोट्याउनु मात्र त हो भन्ने लाग्यो’, गौरा भन्छिन् । तर उनले आफू बेचिएको रहस्य धेरैलाई सुनाइनन् । नेपालमा राजनीति गरेबापता जेलमा भोगेका यातनाबारे सुनाउँदा उनकै नेता सिपी मैनालीले त पत्याएनन् भने त्यो कुरा अरूले कसरी पत्याउलान् भन्ने लाग्यो उनलाई ।
 

हाम्रा अद्यावधिक सामग्रीहरु

Photobucket एमालेमा संघीयताबारे चार विचार समूह
Photobucket नक्कली डाक्टरलाई फिजिसियनको प्रमाणपत्र
Photobucket राज, दिक्पाल र बिनिताको लफडा मिल्ने भयो अब
Photobucket नेपालमा संघीय बहस र सम्भावना
Photobucket टर्कीका मेहमेट ओज्युरेकको नाक विश्वमै सबैभन्दा लामो
Photobucket ओठको बनौटबाट यौन चाहना थाहा हुन्छ केटीहरुको
Photobucket एकै ठाउँ १७ सय नाङ्गै भए फोटो खिचाउन (फोटो फिचरसहित)
Photobucket राष्ट्रपति नयाँ गृहकार्यमा, सुशील प्रधानमन्त्री बन्न तयार
Photobucket पूर्व युवराज्ञी हिमानीलाई पारिवारिक तनाव
Photobucket होटल आक्रमणमा मर्नेको संख्या १८ पुग्यो
Photobucket कहिले हट्ला बोक्सीको अन्धविश्वास ?
Photobucket यसकारण मैले दोस्रो विवाह गरें : हरिवंश आचार्य
Photobucket को हुन् रुपचन्द्र विष्ट ? एउटा अनौठो जीवनकथा
Photobucket आधा क्विन्टलको अण्डकोष !
Photobucket हरिवंशले रमिलासँग दोस्रो बिहे गरे
Photobucket 'परिवारका मान्छे मात्र प्रचण्डका नजिक छन्'
Photobucket यौनाङगमा खुर्सानी छर्केर चरम यातना दिने श्रीमान् प्रहरी नियन्त्रणमा
Photobucket प्रधानमन्त्री भट्टराईद्वारा रियो सम्मेलनलाई सम्बोधन
Photobucket चपली हाइट हिरो राजको उजुरीमा हिरोइन विनिता बराल पक्राउ
Photobucket जेठमा मात्र ५७ हजार युवाहरु विदेशिए
Photobucket मानपदवी र अलंकारका तक्मा बनाउन नौ करोड लाग्ने
Photobucket युरोकपमा आजदेखि क्वाटर फाइनल

मनोरन्जनात्मक भिजुअल सामग्रीहरु

Photobucket आजको राशीफल
Photobucket सुमधुर गजलहरुको कार्यक्रम "बुलबुल"
Photobucket इण्डियन आइडल (२४ जुन २०१२)
Photobucket मेरो गीत मेरो सन्देश (२४ जुन २०१२)
Photobucket हाँस्य टेलिशृंखला झड्का (२४ जुन २०१२)
Photobucket रामकृष्ण ढकालसँग कुराकानी : व्यक्तित्व विशेष
Photobucket डान्स इन्डिया डान्स (२३ जुन २०१२)
Photobucket लोग्ने बिदेशिएपछि, श्रीमती गाउँकै बुढो मास्टरसंग सल्किइन्
Photobucket हाम्रै समाजका कारुणिक कथा व्यथा
Photobucket आमा (२३ जुन २०११)
Photobucket दिस इज बद्री भाइ : फ्लिम गीत (तँ त साह्रै सप्रिस् नि बद्री)
Photobucket ईशारा फ्लिम टाइटल सङग : फ्लिम गीत
Photobucket सन्चिता लुइँटेल लाइमलाइटमा (२३ जुन २०१२)
Photobucket मेरी बाँस्सै (२३ जुन २०१२)
Photobucket फ्रेम बाइ फ्रेम (२३ जुन २०१२)
Photobucket प्ले इट अन (२३ जुन २०१२)
Photobucket सिस्नु पानी (२३ जुन २०१२)
Photobucket किसान हौ हामी (२३ जुन २०१२)
Photobucket नायक ध्रुव न्यौपाने एक्शन कटमा (२३ जुन २०१२)
Photobucket मस्ती छ यो जवानी : फ्लिम गीत (एक से एक)
Photobucket डायल १०० (२३ जुन २०१२)
Photobucket क्लिनिक प्लस हेल्दी हेयर कन्टेस्ट (२३ जुन २०१२)
Photobucket क्ल्याप बोर्ड (२३ जुन २०१२)
Photobucket ईशारा फ्लिम प्रोमो
Photobucket चित्र लहर (२२ जुन २०१२)
Photobucket हिजो आजका कुरा (२२ जुन २०१२)
Photobucket झ्याइँकुटी झ्याइँ (२२ जुन २०१२)
Photobucket द फ्लप शो (२२ जुन २०१२)
Photobucket दिनेश डिसी 'केही मिठो बात गरौ'मा (२२ जुन २०१२)
Photobucket लोक टप टेन (२२ जुन २०१२)
Photobucket तीतो सत्य (२१ जुन २०१२)
Photobucket फ्लिम समाचार (२१ जुन २०१२)
Photobucket फ्लिम ई फाइभ (२१ जुन २०१२)
Photobucket रजतपट (२० जुन २०१२)
Photobucket ४२० को झड्का (२० जुन २०१२)
Photobucket जय होस् (२० जुन २०१२)
Photobucket मदनदास श्रेष्ठको जीवनशैली (२० जुन २०१२)
Photobucket Euro Cup 2012 Special (20 June 2012)
Photobucket खोजी प्रतिभाको (२० जुन २०१२)
Photobucket विन्दास फ्लिमको गीतको प्रोमो, सुष्मा अरु बढी 'हट' दृश्यमा
Photobucket नेपाली फ्लिम "बाटुली" हेर्नुहोस्
Photobucket अफ द रेकर्ड (२० जुन २०१२)
Photobucket ज्याक्सनको नाच नक्कल गर्दै एक भारतीय बालक

नेपाली कार्यक्रमहरु

प्रेस वक्तव्य/सूचनाहरु

»बिपीको स्मृति गर्दै पोर्चुगलमा रक्तदान कार्यक्रम गरिने
»जनजाति महासंघ पोर्तुगलको भेलासम्बन्धि जरुरी सूचना
»संघीयता नभई हुँदै हुन्न भन्ने ढिपीका कारण संविधानसभा दुर्घटनामा
»संविधान सभाको विघटन र जनविरोधी हर्कतहरुको भ्रर्त्सना
»संविधान निर्माण नभएकोमा युवा महासंघको खेद
»१४ जेठ नेपालको इतिहासमा कालो दिन : जनजाति महासंघ
»संविधान सभाको विघटनप्रति मसालको दुःख र क्षोभ
»रिपोर्टस क्लवमा जनजाति महासचिवमाथि आक्रमणको निन्दा र भ्रर्त्सना
»दोषीलाई कारबाही, सञ्चारकर्मीको सुरक्षा र तत्काल क्षतिपूर्तिका लागि माग
»»»»»»»»»»»»»»थप प्रेस विज्ञप्तिहरु

समाचारमूलक भिजुअल सामग्रीहरु

Photobucket आजको पत्रपत्रिका
Photobucket टेलिभिजन समाचार (२५ जुन २०१२)
Photobucket English News (25 June 2012)
Photobucket अखाद्य कोला उत्पादन गर्नेलाई किन कारबाही हुँदैन ?
Photobucket काठमाण्डौमा नक्कली अभिभावकले विद्यार्थीको गहना लुटे
Photobucket किन फुट्यो माओवादी ? यसको असर के पर्ला ? : साझा सवाल (२४ जुन)
Photobucket नेपालमा १८ देखि २३ उमेरकाहरुको आन्दोलन के हो ? : समय सन्दर्भ
Photobucket चितवनमा २८ औँला भएको बच्चाको जन्म, हेर्नेको घुइँचो (भिडियोसहित)
Photobucket नेपाल र फ्रान्सको सम्बन्ध : सगरमाथा टिभीको विश्लेषण
Photobucket नाम चलेका डनहरुको घरमा छापा, २ जना मात्र पक्राउ : प्राइम स्टोरी
Photobucket यार्सागुम्बा टिप्न गएकाहरुबीच विवाद हुँदा स्थिति तनावग्रस्त
Photobucket बजेट ल्याउछ सरकारले ? अर्थमन्त्री पुन 'आरडी शो' मा
Photobucket राजनीतिले अन्यौलमा फसायो हामीलाई : जय स्वाभिमान
Photobucket टेलिभिजन समाचार (२४ जुन २०१२)
Photobucket जनताको प्रश्न, प्रचण्डको जवाफ : आउटलुक (२३ जुन २०१२)
Photobucket लाल्टीन समाचार (२३ जुन २०१२)
Photobucket हट न्युज एक्सप्रेस (२३ जुन २०१२)
Photobucket काठमाण्डौमा सबैजसो डनहरूको घर-घरमा प्रहरी छापा
Photobucket थाइ राजाका सल्लाहकार अनिल शाक्यसँग कुराकानी
Photobucket प्रा. गंगाप्रसाद उत्प्रेतीसंग कविताबारे कुराकानी 'छ प्रश्न' मा
Photobucket Euro Cup 2012 Special (23 June 2012)
Photobucket टेलिभिजन समाचार (२३ जुन २०१२)
Photobucket English News (23 June 2012)
Photobucket नेपालमा लागूऔषध व्यापारको भयावह अवस्था : खोजखबर
Photobucket हाँस्य कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरे
Photobucket विषालु च्याउको कारण टुहुरा बनेका बालकलाई सेनापतिले पाल्ने
Photobucket भोटेकोशी जलविद्युतले स्थानीयलाई बेवास्ता गरयो योजनाको शुरुवातमै
Photobucket मोहम्मद आलम 'फोकस अफ द डे' मा (२२ जुन २०१२)
Photobucket English News (22 June 2012)
Photobucket टेलिभिजन समाचार (२२ जुन २०१२)
Photobucket मुमाराम खनाल दिशा निर्देशमा (२१ जुन २०१२)
Photobucket माधवकुमार नेपाल समय संवादमा (२१ जुन २०१२)
Photobucket प्रहरी अधिकारीहरुको सरुवा विवादमा : खबरभित्रको खबर (२१ जुन २०१२)
Photobucket भोटेकोशीमा र्‍याफ्टीङ कि बिजुली ? : पावर न्युज (२१ जुन २०१२)
Photobucket विज्ञापन छापी महिलालाई यौन दुर्व्यवहार गर्ने पक्राउ
Photobucket Statement by PM Bhattarai at RIO+20 Conference
Photobucket माओवादी फुट्यो, कार्यालयका लागि कुटाकुट गर्न शुरु गरे
Photobucket भाइ दिक्पाल हिराशतमा, बिनिताको संलग्नता हुनसक्ने आशंका
Photobucket दलका कार्यकर्ता भर्ती केन्द्र बनेको छ नगरपालिका : प्राइम स्टोरी
Photobucket कोक फ्यान्टामा फलामको किला र प्लाष्टिक भेटिए : खोजखबर
Photobucket टेलिभिजन समाचार (२१ जुन २०१२)
Photobucket English News (21 June 2012)
Photobucket च्याउले एकै परिवारका ९ मध्ये ५ चेपाङको ज्यान लियो : KBK
Photobucket पुष्पकमलका हेडसरको प्रचण्डलाई सुझाव : पावर न्युज
Photobucket धरहरा र सुन्धाराको ऐतिहासिकता : यसो गरे कसो होला ?
Photobucket फुटै फुटको इतिहासको पछिल्लो फुट माओवादीमा : KBK
Photobucket चार दलबीच फेरि टुटेकै बिन्दुबाट अघि बढ्ने सहमति
Photobucket वैद्यको नयाँ पार्टीले राजनीतिमा असर : पावर न्युज (२० जुन)
Photobucket टेलिभिजन समाचार (२० जुन २०१२)
Photobucket English News (20 June 2012)
Photobucket मोहन वैद्यसँग कुराकानी संघर्ष कार्यक्रममा (१९ जुन २०१२)
Photobucket विषालु च्याउ खाएका एकै परिवारका पाँच जनाको मृत्यु
Photobucket प्राइम स्टोरी - यता पार्टी फुट्यो, प्रधानमन्त्री भने ब्राजिलतिर
Photobucket टेलिभिजन समाचार (१९ जुन २०१२)
Photobucket English News (19 June 2012)
Photobucket विरोध हुँदाहुँदै प्रधानमन्त्री विदेश उडे : खबरभित्रको खबर
Photobucket औपचारिक रुपमा फुट्यो माओवादी : पावर न्युज
Photobucket वीरगन्जमा सीडीओको घुस काण्ड, कसले दिने होला दण्ड ?
Photobucket प्रधानमन्त्रीको विदेश भ्रमणको विरोध, एयरपोर्टमा झडप
Photobucket अर्जुननरसिंह केसी फोकस अफ द डे मा (१८ जुन २०१२)
Photobucket नेपाल र फ्रान्सको सम्बन्ध : सगरमाथा टिभीको एक विश्लेषण
Photobucket अनलाइन टेलिभिजनहरु हेर्नुहोस् (LIVE Televisions)
Photobucket Worldwide Free Call (संसारभर सित्तैमा फोन)
Photobucket बम्जन किन भागे हलखोरियाबाट ? : खबरभित्रको खबर
Photobucket नेपाल वन्यजन्तु तस्करीको ट्रान्जिट, बाघ र गैडा निशानामा

कहाँ कहाँबाट हेर्दैछौ हामी ?