
चितवन, ७ असार । पश्चिम चितवन फूलबारीकी एक महिलाले २८ ओटा औँला भएको शिशु जन्माएकी छन् ।
बच्चाको प्रत्येक हात र गोडामा सात-सातवटा औँला रहेका छन् । फूलबारी निवासी मीना रानाभाटले २८ औँला भएको बच्चा जन्माएपछि अस्पतालमा हेर्न आउने स्थानियवासीको भिड लागेको छ ।
धेरै औँला भएको शिशु भगवानको प्रतिक रहेको भन्दै स्थानीय सर्वसाधारणले शिशुलाई पैसा चढाएर हेरिरहेका छन् । शल्यक्रिया गरेर निकालिएको बच्चा र आमाको स्वस्थ्य अवस्था अहिले सामान्य रहेको छ ।



